म त भन्नै सक्तिनँ
बुद्धि भने सधैँ पछाडि हुने
कुरा भने आकास झार्ने
परस्त्रीप्रति जैले व्यभिचार राख्ने
त्यस्तो कुलङ्गार महात्माको
मरण स्याउँस्याउँती किरा परेर
नमरोस्, म त भन्न सक्तिनँ
बाहिर भने शाकाहारी
भित्रभित्र मांसहारी हुने
त्यस्ता लम्फु घिचुवाहरूलाई
डुङडुङ्ती गनाउने सिनो
कैले मुखमा नपार्नु म त भन्नै सक्तिनँ
नेपालीलाई विदेशी बनाउने
देशका युवा पलायन गराउने
अनि आफू एकलौटी ढलिमली शासन गर्ने
त्यस्ता राहुकेतुलाई चाँडोभन्दा चाँडो
दिन दशा नलागोस् म त भन्न सक्तिनँ
दिनभरि अरूको कुरा काटी बस्ने
कार्यालयमा काम फिट्टो गर्दै नगर्ने
त्यस्ता दोचारे, कामचोर
कर्मचारीहरूको खाने मुख
सधैँ सोझो होस् भनेर म त भन्नै सक्तिनँ
हर्क साम्पाङको कामलाई नकार्ने
उनलाई बौला, पगलसम्म भन्ने भ्याउने
त्यस्ता नरपशुहरू र तिनका आसेपासेलाई
एकएक गरी बौला कुकुरले नटोकोस्
म त भन्नै सक्तिनँ ।
विराटनगर–१, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण