शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेल्दा खेल्दै काठमाडौँ र ललितपुरबाट १४ जना पक्राउ

बिहीबार, २१ मङ्सिर २०८०, १३ : ४०
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौं । जुवातास खेल्दाखोल्दै   काठमाडौँ र ललितपुरबाट १४ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित होटेलमा कौडा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । 

 सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र  १६ थान कौडासहित पक्राउ गरेको जनाइएको छ । 

यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय संजिब बस्नेत सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५  हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप