बज्राचार्यलाई नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी
बिहीबार, २१ मङ्सिर २०८०, १४ : ०४
काठमाडौँ । नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । संघको सभापति दुजाङ शेर्पा आज भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागि हुन भारत जानेक्रममा अध्यक्ष शेर्पाले बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।
बज्राचार्यलाई संघको विधान ०७५ अनुसार कार्यवाहक जिम्मेवारी तोकिएको छ । ७ सय १ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् । शेर्पा अध्यक्ष भएपछि पहिलो पटक बर्जाचार्यले कार्यवाहक अध्यक्ष हुने मौका पाएका छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि बज्राचार्यले संगठनको कामकारबाहीमा अध्यक्षको अभाव महसुस हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण