शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बज्राचार्यलाई नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी

बिहीबार, २१ मङ्सिर २०८०, १४ : ०४
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । संघको सभापति दुजाङ शेर्पा आज भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागि हुन भारत जानेक्रममा अध्यक्ष शेर्पाले बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन् ।  

 बज्राचार्यलाई संघको विधान ०७५ अनुसार कार्यवाहक जिम्मेवारी तोकिएको छ । ७ सय १ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् । शेर्पा अध्यक्ष भएपछि पहिलो पटक बर्जाचार्यले कार्यवाहक अध्यक्ष हुने मौका पाएका छन् । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि बज्राचार्यले संगठनको कामकारबाहीमा अध्यक्षको अभाव महसुस हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप