घरेलु मदिरा ब्राण्डिङ र गाँजा खेतीको लागि कानुनी मस्यौदा तयार भएको छ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेश सरकारले घरेलु मदिरा ब्राण्डिङ र गाँजा खेतीको कानुनी मस्यौदा तयार गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै व्यवस्थाका लागि मस्यौदा तयार भइसकेको बताए ।
‘गाँजा लागू पदार्थ मात्रै होइन । यो औषधीजन्य पदार्थ पनि हो, उद्योगजन्य पदार्थ पनि हो,’ उनले भने,‘यसैलाई टेकेर खुला गर्न कानुन बनाउँदै छौँ । हामीलाई चिन्ता छकि दुरुपयोग नहोस् । कानुन बनाउने बेलामै हामी सचेत हुन्छौँ ।’
पोखरामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै पाण्डेले बाँझा जमिनलाई उपयोग गर्न सरकार गम्भीर भएर लागेको सुनाए । उनले कानुनको मस्यौदा तयार भइसकेको बताए । ‘सरोकारवाला निकायसँग अन्तिम छलफल गर्छौँ । अब आउने संसद् अधिवेशनमा टेबुल गर्छौँ’, उनले थपे, ‘आउने अधिवेशनमा इन्डोर्स हुन्छ ।’ दुवै एजेण्डा सरकारले चालू वर्षको नीति कार्यक्रममा समेटेको थियो ।
उनले व्यवसायमा बैंकहरुको दादागिरी बढी भएको आरोप लगाए । ‘बैंकहरुको चर्को ब्याजदरको मारमा व्यवसायी छन्’, उनले भने, ‘बैंकका दादागिरी स्विकार्नुपर्ने बाध्यता छ । यसको सहजीकरणमा प्रदेशले सहयोग गर्छ ।’
प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकता दिएको पाण्डेको भनाइ छ । केही कानुनका कारण काममा समस्या परेको टिप्पणी पाण्डेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण