सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व माओवादीले अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटायो

बिहीबार, २१ मङ्सिर २०८०, २१ : ०५
बिहीबार, २१ मङ्सिर २०८०

रौतहट । रौतहटका पूर्वमाओवादी नेता रामनाथ माझीले माधव नारायण नगरपालिकास्थित अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटाएको छ ।

माधवनारायण नगरपालिका–७ की सुमित्रा महतो र राजिन्द्र नायक सुधीको नाममा रहेको ८ कट्ठा ८ धुर जग्गामा माझीले गत कार्तिक ८ गते गाडेको हँसिया हथौडा अंकित झण्डा प्रहरीले हालै हटाएको हो ।

स्थानीय दलित नेतासमेत रहेका माझीले आफनो जग्गा भन्दै झण्डा गाडेर उक्त खेतमा मसुरो, तोरी बाली लगाएका थिए ।

जग्गाधनी सुधीको छोरा मनोजकुमार नायकले २०७५ सालमा खरिद गरी सोही समयदेखि भोगचलन गर्दै आएको जग्गामा हाल माझीले झण्डा गाडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप