मानव अधिकार प्रवर्द्धनका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम : अध्यक्ष मगर
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्द्धन हुने गरी चलचित्र निर्माण गर्न चलचित्र निर्माताहरुलाई आग्रह गरेका छन् । मानव अधिकारको संरक्षण र प्रवर्द्धन हुने गरी जनचेतना ल्याउने गरी चलचित्र निर्माण गर्न यसका निर्माताहरुलाई उनले आग्रह गरेका हुन् ।
शनिबार काठमाडौँमा आयोजित ११ औँ नेपाल मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मगरले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार प्रवर्द्धनका लागि प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माताहरुसँगको सहकार्यलाई जोड दिएको र त्यसलाई निरन्तरता दिने सोच अघि बढाएको तर्क समेत गरे ।
जनतालाई सबैभन्दा प्रभावकारी ढंगले मानव अधिकारको प्रवर्द्धन गर्न सिकाउने माध्यम चलचित्र क्षेत्र भएकाले यस क्षेत्रसँगको सहकार्यलाई आफूहरूले जोड दिएको उनको भनाई थियो । अध्यक्ष मगरले सबै अधिकारहरू मानव अधिकार भित्र पर्ने भएकाले पनि चलचित्र निर्माताहरुले यसको प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण