मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छैटौँ वार्षिक उत्सव मनाउँदै क्लब फरेनहाइट

शनिबार, २३ मङ्सिर २०८०, १७ : ३४
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । क्लब फरनेहाइटले शनिबार आफ्नो छैटौँ वार्षिक उत्सव मनाउँदै छ । युवाहरूमाझ लोक प्रिय रहेको काठमाडौँको ठमेलमा रहेको क्लब फरेनहाइटको वार्षिक उत्सवका अवसरमा गायक छेवाङ लामाले प्रस्तुति दिने कार्यक्रम रहेको छ । 

क्लबका सञ्चालक सोनाम शेर्पाका अनुसार गौरवका साथ छैटौँ वार्षिक उत्सव मनाउने तयारी अनुसार नयाँ पुस्तामा रुचाइएका गायक छेवाङलामासहितको डिजेहरूः डिजे कविन, डिजे लुप र डिजे डेभिड रोशन, डिजे ज्याफु र डिजे रिकको  प्रस्तुति रहने छ । 

देशकै उत्कृष्ट मध्येमा पर्ने यो क्लब पर्यटकहरूको लागि विशेष लक्षित गरेर सञ्चालनमा आएको क्लबमा पर्दछ । विशेष गरेर साँझ ८ बजे देखि डिजेसहितको लाइभ म्युजिकमा पाहुनाहरूलाई मनोरञ्जन प्रदान गर्ने क्लब फरेनहाइटले थकाली र विदेशी (चाइनिज, मेक्सिकन आदि) मल्टीफुडको रेसिपीसमेत पस्कने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप