मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
सारांश
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई बजेट पारित गर्न नसक्ने सरकारको दीर्घकालीन निर्णय गर्ने अधिकार नभएको नेता खगराज भट्टले बताएका छन् ।
- असफल सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शाहलाई भट्टले तत्काल राजीनामा दिन सुझाव दिएका छन् ।
- नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरी वार्ता गर्न समिति गठन गरेको छ ।
काठमाडौँ । सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टले आफैँले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार नभएको बताएका छन् । सरकार असफल भइसकेकाले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री कमलबहादुर शाहलाई भट्टले सुझाव दिए ।
‘आफैँले ल्याएको बजेट पारित गर्न सक्नुभएन । असफल मुख्यमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्छ । दीर्घकालीन नेतृत्वको कुनै निर्णय नगर्न दलको बैठकले निर्णय गरेको छ’, रातोपाटीसँग भट्टले भने ।
कांग्रेस–एमाले गठबन्धन भत्किएपछि बिहीबार धनगढीमा बसेको नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । दलका नेता भट्टको नेतृत्वमा प्रदेश सभामा रहेका दलहरूसँग वार्ता गर्न समिति गठन गरेको छ । समितिमा उपनेता प्रकाश रावल, प्रमुख सचेतक खुशीराम चौधरी सांसदहरू मानबहादुर धामी र रमेश धामी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण