काठमाडौँसहित विभिन्न स्थानमा १० जना मृत फेला
शनिबार, २३ मङ्सिर २०८०, १७ : ४९
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा सोही महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
- महोत्तरी, भंगाहा नगरपालिका-५ सितापुरदेखि बटेश्वर जाने बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोस्तकिन दफाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, तेमाल गाउँपालिका-३ पचुवारघाटस्थित सुन कोशी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, जानकी गाउँपालिका-८ पहाडीपुरस्थित कुलरिया सिँचाइको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कास्की, पोखरा महानगरपालिका-१६ दिपस्थित नहरको पानीमा सोही महानगरपालिका-१६ बाटुलेचौर बस्ने ६३ वर्षीय केशव बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत असोज १५ गतेदेखि हराएको भन्ने बुझिएको छ ।
- कपिलवस्तु, शिवराज नगरपालिका-७ स्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- डोल्पा, जगदुल्ला गाउँपालिका-६ स्थित छेपारे खोलामा सोही ठाउँ बस्ने ३७ वर्षीय गोर कामी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रामेछाप, गोकुलगंगा गाउँपालिका-३ छहरे दोवानस्थित खिम्ती खोलामा सोही गाउँपालिका-३ कुँडार बस्ने ७५ वर्षीय खड्ग बहादुर सुनुवार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, विराटनगर महानगरपालिका-१२ पञ्चालीस्थित खाली जग्गामा विराटनगर महानगरपालिका-१४ बस्ने ३३ वर्षीया बन्धना मगर शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
- सल्यान, त्रिबेणी गाउँपालिका-१ स्याँल बस्ने ७० वर्षीय तिनलाल बिक आफ्नै घरदेखि करिब १ सय मिटर टाढा कुलोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण