शालाहको २ सयौँ गोलमा लिभरपुल विजयी
लण्डन । मोहम्मद शालाहले लिभरपुलका लागि २ सयौँ गोल गर्दा टोलीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १० खेलाडीमा सीमित क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन गरेको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल २–१ गोलले विजयी बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५७ औँ मिनेटमा जिन फिलिपे माटेटाले पेनाल्टीमार्फत क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । तर ७५ औँ मिनेटमा जोर्डन एयूले दोस्रो पहेँलो कार्ड पाएपछि प्यालेस १० खेलाडीमा सीमित बन्यो ।
यसको ९८ सेकेन्डपछि नै शालाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । योसँगै क्लबका लागि २ सयौँ गोल गर्ने उनी मात्र पाँचौँ खेलाडी बने । यसअघि इयान रस, रोजर हन्ट, गोर्डन हडसन र बिली लिडलले यो उपलब्धि हासिल गरेका थिए । इन्जुरी समयमा हर्भे इलियटले गोल गर्दै लिभरपुलको पुनरागमन पुरा गरे ।
जीतसँगै लिभरपुल केही समयका लागि भए पनि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । १६ खेलबाट लिभरपुलको ३७ अङ्क रहेको छ । एक खेल कम खेलेको आर्सनलको ३६ अङ्क छ । आर्सनलले शनिबार नै एस्टन भिल्लाको सामना गर्दैछ । सो खेल जिते आर्सनलले लिभरपुललाई उछिन्नेछ ।
उता पराजयपछि १६ खेलबाट १६ अङ्क बटुल्दै प्यालेस १४ औँ स्थानमा सीमित बनेको छ । यसले म्यानेजर रोय हडसनमाथि थप दबाब सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण