मङ्सिर २९ मा रिलिज हुने ‘जम्प’ सेन्सर पास
काठमाडौँ । ‘जम्प’ मङ्सिर २९ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्म सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो । फिल्म अब १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै हेर्न पाउनेछन् ।
आशुतोषध्वज कार्की निर्देशित फिल्मले एथ्लेटिक्स खेलाडीले जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएको घटना कथा उठाएको छ ।
नेपालमा फरक कथामा राम्रो फिल्म बन्नु आफैमा चुनौतीपूर्ण छ । ‘राम्रो कथामा फिल्म बनाउनु भएको रहेछ भन्दै फिल्मको सेन्सर बोर्डले प्रशंसा गरेका छन्’ निर्देशक कार्कीले थपे ‘फिल्म वास्तविक जीवनमा आइपर्ने बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत गर्छ ।’
फिल्ममा सरोज श्रेष्ठ, विनीता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकार लगायतको मुख्य भूमिका छ ।
फिल्मको कथा र सङ्गीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको फिल्मबाट कार्कीले निर्देशनमा डेब्यु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा बालेन–लिङ्नेन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
-
रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि
-
रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण