सुन प्रकरण
दुई किलो सुन प्रकरणमा १ जना चिनियाँ नागरिक पक्राउ
आइतबार, २४ मङ्सिर २०८०, १२ : ०८

काठमाडौँ । नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बरामद सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन झिउइ छन् । बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्स बाट सुन बरामद गरेको हो । रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना बिहीबार राति नै पक्राउ परेका थिए । पक्राउ पर्नेमा रसुवाको गोसाईंकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल छिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता