भारतीय कारमा १५ किलो अवैध गाँजा बरामद
आइतबार, २४ मङ्सिर २०८०, १३ : ०२
धनकुटा । धनकुटामा प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट करिब १५ किलो गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको हो ।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर ३८ एएस ६८०८ नम्बरको भारतीय कारमा सवार चालकसमेत ३ जना प्रहरीलाई देखी फरार भएपछि ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारमा उक्त गाँजा फेला पारी बरामद गरेको जानकारी दिएको छ । हाल फरार उनीहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण