गंगामाथिको आरोप पुष्टि गर्न अमरेशलाई सेर्पालीको चुनौती
काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट योङग कम्युनिस्ट लिग (वाइसीएल) अध्यक्ष सुबोध सेर्पालीले सांसद अमरेश सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव समेत रहेकी गङ्गा दाहालबारे सामाजिक सञ्जालमा गरेको टिप्पणी अत्यन्तै गम्भीर रहेको बताएका छन् । सेर्पालीले सांसद सिंहलाई कि त लेखेको बोलेका कुराहरूको सत्य तथ्य प्रमाण पेश गर्नुपर्ने होइन भने स्वार्थ पुरा नभएपछि जे पायो त्यही आरोप लगाउँदै बोल्ने छुट नभएको चेतावनी दिएका छन् ।
‘प्रधानमन्त्री सचिवालयबारे डाक्टर अमरेस कुमार सिंहले सामाजिक सञ्जालमा लेखेको विषय अत्यन्तै गम्भीर छ’, सेर्पालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डाक्टर साप कि त लेखेको बोलेको कुराहरूको सत्य तथ्य प्रमाण पेस गर । होइन भने जथाभाबी आफ्नो स्वार्थ पूरा नभएपछि जे पायो त्यही आरोप लगाउँदै बोल्ने छुट कदापि छैन ।’
स्वतन्त्र सांसद सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण आफूसँग रहेका दाबी गरेका थिए । सिंहले आफूसँग भएको प्रमाण समय आएपछि जनता र मिडियामा लैजाने समेत बताएका थिए ।
त्यसको जवाफमा सेर्पालीले सिंहलाई जथाभाबी नलेख्न र नबोल्न चेतावनी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण