भ्रष्टाचारका फाइल खोल्दा खोल्दै हात गलिसक्यो : कानुनमन्त्री गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरुले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका हुन् ।
‘मिसन ०८४ कता–कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ । कांग्रेसको मिसन सुशासन हुनुपर्छ,’ उनले भने । पार्टीका नेता एकार्काप्रति गालीगलौजमा उत्रने गरेको उनले बताए ।
‘एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गर्नबाहेक केही सिकेनौँ । तर, राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ,’ उनले भने ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहका गुरुङले भ्रष्टाचारको फाइल खोल्दा खोल्दै हात गलिसकेको बताए । ‘भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ । फोहोरको डंगुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता