भ्रष्टाचारका फाइल खोल्दा खोल्दै हात गलिसक्यो : कानुनमन्त्री गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरुले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका हुन् ।
‘मिसन ०८४ कता–कता सुन्छु, चुनाव जिताइदिऔँ भन्ने मिसनले देश बिग्रेको छ । कांग्रेसको मिसन सुशासन हुनुपर्छ,’ उनले भने । पार्टीका नेता एकार्काप्रति गालीगलौजमा उत्रने गरेको उनले बताए ।
‘एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गर्नबाहेक केही सिकेनौँ । तर, राजनीतिक दलको साझा शत्रु गरिबी, रोग, भोक, भ्रष्टाचार हो भन्न सकेनौँ,’ उनले भने ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहका गुरुङले भ्रष्टाचारको फाइल खोल्दा खोल्दै हात गलिसकेको बताए । ‘भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ । फोहोरको डंगुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण