सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासी श्रमिकलाई मद्दत गर्ने उद्देश्यले अनलाइन पोर्टलको सुरुवात

आइतबार, २४ मङ्सिर २०८०, १७ : २६
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । प्रवासी श्रमिकलाई मद्दत गर्ने उद्देश्यले अनलाइन पोर्टलको सुरुवात गरिएको छ । सुरक्षित आप्रवासन सम्बन्धी सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री समेटिएको अनलाइन पोर्टल सार्वजनिक गरिएको हो । सूचनाको एकीकृत माध्यम परदेशी डट ओआरजी डट एनपी (pardesi.org.np) नामक वेबसाइट सञ्चालनमा ल्याइएको हो । 

नेपालको नागरिक समाज, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत सङ्घसंस्था तथा व्यक्तिहरू, सूचना प्रविधिका जानकारहरूको सहयोगमा परदेशी डट ओआरजी डट एनपी सञ्चालनमा ल्याइएको हो। सबै संस्थाहरूले उत्पादन गरेका जानकारीमूलक विषयहरू एउटै माध्यममा उपलब्ध गराइनेछ। 

प्रविधि आधारित विषयको ज्ञानको अभावका कारण प्रविधिको सही प्रयोग गर्न नसक्दा पनि प्रवासी श्रमिकहरू ठगीमा पर्ने वा समस्यामा पर्ने गरेका छन् । यो अभावलाई मध्यनजर गर्दै तालिम सामग्रीहरू तयार पारिएको छ।  जुन नेपालीका साथै मैथिली, भोजपुरी, थारु, तामाङ तथा नेपाल भाषा (नेवारी) मा उपलब्ध हुनेछन् । त्यसले प्रवासी श्रमिक र तिनका परिवारलाई मोबाइल तथा अरू माध्यमहरूको प्रयोग कसरी गर्ने लगायतका जानकारीहरू समेटेको छ । 

pardesi.org.np तथा तालिम सामग्री तयार पार्न सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, पौरखी, आमकास नेपाल, प्रवासी नेपाली समन्वय समिति, देश परदेश डटकम तथा प्रविधिको क्षेत्रमा कार्यरत संस्था औराएड र एनआइसी संलग्न छन् । 

यसलाई तयार पार्ने क्रममा नाइसर, सामी हेल्भेटास, युनेष्को काठमाडौँ कार्यालय, उज्यालो, जिएसएमए, आइएमई, हाम्रो पात्रो लगायतको सहयोग रहेको छ। यसमा रोयल होलोवे, युनिभर्सिटी अफ लन्डनका तर्फबाट प्रो.जि हरिन्द्रनाथ (हरि), प्रो. टीम उनविन तथा डा.मरिया रोजा लोरिनी लगायत संलग्न रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप