शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार

आइतबार, २४ मङ्सिर २०८०, १९ : २१
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । सोमबार पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजेको लागि बैठक बोलाइएको छ ।
 
आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले गत भदौदेखि सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, केन्द्रीय समितिको बैठक बोलाउनेलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप