प्रहरी कार्यालय छेउको पसलमा लाखौँको चोरी, स्थानीयद्वारा प्रदर्शन
रौतहट । रौतहटको मौलापुर बजारमा प्रहरी बिट नजिकै रहेको मोबाइल पसलमा लाखौँको चोरी भएपछि आक्रोशित स्थानीयहरूले प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालयदेखि २०० मिटर टाढाको पसलमा चोरी भएको भन्दै आक्रोशित स्थानीय तथा पसलेहरूले आईटी चौकमा टायर बालेर आइतबार साँझ प्रहरी विरुद्ध प्रदर्शन गरेका हुन् ।
व्यवसायीहरू असुरक्षित रहेको भन्दै उनीहरूले सुरक्षाको माग सहित प्रहरी प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । घटनामा संलग्न भएको मानिसलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा ल्याउन समेत उनीहरूले माग गरेका थिए।
मौलापुर नगरपालिका- ५ स्थित आईटी चौकमा रहेको लक्षमी ट्रेडर्स हब मोबाइल पसलमा गए राति १६ लाख बराबरको चोरी भएको पीडितले बताएका छन् । पसलको सटरमा लगाएको ताला फोडेर मोबाइल पसलमा चोरी भएको सञ्चालक धीरज पटेलले जानकारी दिए ।
सञ्चालक पटेलका अनुसार पसल चोर समूहले स्मार्ट फोन ३० थान , स्मार्ट एलईडी ४३ इन्च ६ थान, किप्याड मोबाइल ४० थान, राईस कुकर ५ थान, आइरन ४ थान, ल्यापटप १ थान, आईफोन १ थान लगायत अन्य समानहरु लागेका छन् । शनिबार बेलुका पसल बन्द गरेर घर गएका उनले आइतबार पसल खोल्दा मात्र चोरी भएको थाहा पाएको बताएका छन्।
प्रहरीले नियमित गस्ती नगरेको तथा प्रहरीकै लापरबाहीको कारण चोरी भएको स्थानीयहरूको आरोप छ । यता इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले यसबारे आवश्यक अनुसन्धान भइरहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण