आर्थिक लाभ लिने मोह, नेपाली विद्यार्थी युक्रेनी सेनाको कब्जामा
काठमाडौँ । विद्यार्थी भिसामा रुस पुगेका दाङ तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका प्रतीक पुनलाई रुसी सेना बनेर मनग्य आर्थिक लाभ लिने मोह जाग्यो । दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुग्यो । अन्ततः युक्रेन - रुसबिचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन् ।
युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको एउटा भिडियो सार्वजनिक भएको छ । उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनले आफूलाई कब्जामा लिएको बताएका छन् । 'मेरो नाम प्रतीक पुन हो । मेरो घर नेपाल दाङ बिजौरीमा हो,' भिडियोमा उनले भनेका छन्, 'म रुसी सेनामा भर्ना भएको थिएँ । अहिले युक्रेनको कब्जामा छु ।'
प्रतीक केही समयअघि स्टुडेन्ट भिसामार्फत रुस पुगेका थिए । उनी रुसको राजधानी मस्कोमा दुई तीन महिना बसे । त्यसैक्रममा उनले एक एजेन्टमार्फत रुसी सेनामा हुने गरेको भर्तीबारे सुने । भर्नाका लागि समस्या नहुने र मनग्य कमाइ हुने लोभ देखाएका ती एजेन्टमार्फत उनी रुसी सेनामा भर्ती भए । रुसी सेना बनेर मनग्य कमाइ गर्ने लालसामा परेका प्रतीक अन्ततः युक्रेनको नियन्त्रणमा पुगेका हुन् । एक सातायता प्रतीक घरपरिवारको सम्पर्कमा थिएनन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण