आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

आर्थिक लाभ लिने मोह, नेपाली विद्यार्थी युक्रेनी सेनाको कब्जामा

सोमबार, २५ मङ्सिर २०८०, ०५ : ४३
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । विद्यार्थी भिसामा रुस पुगेका दाङ तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका प्रतीक पुनलाई रुसी सेना बनेर मनग्य आर्थिक लाभ लिने मोह जाग्यो । दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुग्यो । अन्ततः युक्रेन - रुसबिचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन् ।

युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको एउटा भिडियो सार्वजनिक भएको छ । उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनले आफूलाई कब्जामा लिएको बताएका छन् । 'मेरो नाम प्रतीक पुन हो । मेरो घर नेपाल दाङ बिजौरीमा हो,' भिडियोमा उनले भनेका छन्, 'म रुसी सेनामा भर्ना भएको थिएँ । अहिले युक्रेनको कब्जामा छु ।' 

प्रतीक केही समयअघि स्टुडेन्ट भिसामार्फत रुस पुगेका थिए । उनी रुसको राजधानी मस्कोमा दुई तीन महिना बसे । त्यसैक्रममा उनले एक एजेन्टमार्फत रुसी सेनामा हुने गरेको भर्तीबारे सुने । भर्नाका लागि समस्या नहुने र मनग्य कमाइ हुने लोभ देखाएका ती एजेन्टमार्फत उनी रुसी सेनामा भर्ती भए । रुसी सेना बनेर मनग्य कमाइ गर्ने लालसामा परेका प्रतीक अन्ततः युक्रेनको नियन्त्रणमा पुगेका हुन् । एक सातायता प्रतीक घरपरिवारको सम्पर्कमा थिएनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप