राजनीति
बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक
सोमबार, २५ मङ्सिर २०८०, १० : ५५

काठमाडौं । प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ ।
एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।
यस्तै पछिल्लो एनसेल र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने