आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फलफूलको घातक संयोजन

सोमबार, २५ मङ्सिर २०८०, १३ : १५
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । फलफूल स्वास्थ्यका निकै लाभदायक हुन्छ । यसमा शरीरलाई अत्यावश्यक पर्ने पोषक तत्त्वहरू भरपुर मात्रामा पाइन्छ । हरेक फलबाट शरीरले कुनै न कुनै तत्त्व पाउँछन् । फलफूलबाट शरीर स्वस्थ रहन्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । तर के तपाईँलाई थाहा छ फलफूलले केही चिजसँग मिसाएर खाँदा स्वास्थ्यलाई फाइदाभन्दा धेरै नोक्सान हुन्छ ? आजको लेखमा हामीहरू फलफूलमा गरिने यस्तै खालको घातक संयोजनबारे कुराकानी गर्नेछौँ  ।

फलफूल अनि प्रोटिनले भरिपूर्ण चिज

फलफूलको साथमा पर्याप्त मात्रामा प्रोटिन पाइने खानेकुरा मासु वा अन्डा खानु हुन्न । प्राकृतिक रूपमा गुलियो हुन्छन् फलफूल । यो सजिलै पच्छ । तर प्रोटिन पचाउन धेरै समय लाग्छ । एकैसाथ यी दुई चीज खाँदा पाचनसम्बन्धी समस्या आउन सक्छ ।

अमिलो फल र दूधजन्य वस्तु

अमिलो फलफूलको साथमा कहिल्यै पनि दही दूधको सेवन गर्नु हुन्न । यसो गर्दा पाचनसम्बन्धी समस्या देखिन सक्छ । अमिलो फलफूलमा एसिड हुन्छ । यो एसिड दूधजन्य सामाग्रीमा हुने प्रोटिनसँग मिलेर समस्या उत्पन्न गराउन सक्छ । त्यसैले यी दुई वस्तु सकेसम्म अलग अलग नै खानुहोस् ।

फल र उच्च स्टार्च भएका वस्तु

फलफूललाई पाउरोटी वा आलु जस्ता स्टार्च धेरै पाइने खाद्य पदार्थसँग मिलाएर खाँदा पेटमा फर्मेन्टेशन हुन सक्छ । जसका कारण पेट डुम्म हुने वा फुल्ने वा ग्यास भरिने समस्या हुन सक्छ ।

खरबुजा र अन्य फल

खरबुजालाई अरू फलसँग नमिसाईकन खाए स्वास्थ्यका लागि फाइदा हुन्छ । अरू फलफूलको साथमा यसलाई खाँदा पाचनसम्बन्धी समस्या आइपर्न सक्छ । यी दुवै फरक फरक समय पच्छन् । केही फल छिटै पच्छन् केहीलाई पच्न समय लाग्छ ।

खाना खाने बित्तिकै फलफूलको सेवन 

कहिलेकाहीँ हामी पेटै चर्किने गरी खान्छाै । अनि खाने बित्तिकै फलफूलमा पनि हात पुगिसक्छ । फलफूल र खाना पच्ने आ–आफ्नै समय हुन्छ । फलफूल छिटै पच्छ, खाना पच्न समय लाग्छ । यी दुईलाई एकै साथमा खाँदा पेटमा फर्मेनट हुन्छ थाल्छ । खाना खाएपछि फलफूल 

खान चाहनुहुन्छ भने कम्तीमा पनि आधा घण्टाको अन्तर पछि मात्रै खानुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप