वैवाहिक बलात्कारको दृश्यले विवादमा तानिए बबी
मुम्बई । अहिलेसम्म फिल्म ‘एनिमल’मा रणवीर कपूरका केही दृश्यलाई लिएर विवाद भएको थियो । अहिले बबी देओलको एउटा दृश्यलाई लिएर मानिसहरुले प्रश्न उठाइरहेका छन् ।
वास्तवमा फिल्ममा बबी देओल र उनकी पत्नीको भूमिकामा अभिनेत्री मानसी तक्षकबिचको वैवाहिक बलात्कारको दृश्य देखाइएको छ । मानसी बबीभन्दा २९ वर्ष कान्छी भएकाले बबीले आफूभन्दा कान्छी केटीसँग यस्तो दृश्य गर्नु अनौठो नलागेको भन्दै प्रश्न उठाएका छन् ।
यता बबीले आफ्नो चरित्र आफ्नी श्रीमतीसँग दुर्व्यवहार गर्ने निर्दयी श्रीमानको रहेको बताएका छन् । ‘मैले त्यो पात्रलाई सही ढंगले निभाएँ,’ आफ्नो कुरालाई अगाडि बढाउँदै उनले यो दृश्य गर्न आफूलाई कुनै समस्या नभएको बताए ।
फिल्ममा बबी देओल (अब्रार हक) र मानसीको विवाहको दृश्य चलिरहेको हुन्छ । त्यही बेला अबरारलाई भाइको मृत्युको खबर आउँछ । ऊ रिसले पागल हुन्छ।
यो सुनेर, उसले पहिले व्यवस्थापकलाई निर्ममतापूर्वक मार्छ। त्यसपछि उसले बेहुली मानसीमाथि बलात्कार गर्छन् ।
यति मात्र होइन, त्यसपछि उनले आफ्ना दुवै श्रीमतीलाई पनि बोलाउँछन् । उनीहरुले उनको कुरा नसुनेपछि उनीहरुमाथि हात उठाउँछन् ।
यो फिल्ममा काम गरेपछि मानसी तक्षक पनि चर्चामा छिन् । फिल्ममा उनी निकै छोटो समयका लागि देखिएका छन् ।
मानसीलाई विवाहको दृश्यपछि फिल्ममा देखाइएको छैन । उनले यो फिल्म गर्दा सामाजिक सञ्जालमा उनका फलोअर्स ८ देखि ९ हजार मात्रै थिए । फिल्म रिलिज भएसँगै उनका फलोअर्स निकै बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण