सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपातका कारण चीनका विद्यालयमा अनलाइन पढाइ

सोमबार, २५ मङ्सिर २०८०, १४ : ४६
सोमबार, २५ मङ्सिर २०८०

जिनान । सोमबार बिहानैदेखि सुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।

सोमबार एक्कासि जिनानमा हिमपात र हावाहुरी  सुरु भई बिहान ३ देखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो । हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ ।  

जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ ।  

मङ्गलबार विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिँदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन् ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप