आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एलेक्स र अंकितालाई स्वर्ण

सोमबार, २५ मङ्सिर २०८०, २० : १४
सोमबार, २५ मङ्सिर २०८०

ललितपुर । वडा ७ का एलेक्स महर्जन र वडा १६ की अंकिता बज्राचार्यले पाँचौँ ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालीन टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा एलेक्स तथा महिलामा अंकिता च्याम्पियन बनेका हुन् । दुवै समान ३–२ को सेटमा विजयी भए ।

पुरुष फाइनलमा एलेक्सले वडा १४ का रितिज जोशीलाई ८–११, ११–९, ११–८, ७–११ र ११–९ को सेटमा पराजित गरे । गर्ल्स को फाइनलमा अंकिताले वडा ८ की सुरम्य शाक्यलाई ११–९, ८–११, ९–११, ११–९ र ११–९ को सेटमा हराइन् ।

विजेतालाई बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप