आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

सोमबार, २५ मङ्सिर २०८०, २१ : ००
सोमबार, २५ मङ्सिर २०८०

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पताल भर्ना भएका थिए ।

उनका स्वकीय सचिव पारसमणि फुयाँलले भोलि अपराह्नसम्ममा प्रदेश प्रमुख शर्मालाई अस्पतालबाट डिस्चार्ज हुनसक्ने बताए । प्रदेश प्रमुख शर्मा गत शनिबार चीनको पाँचदिने भ्रमण सकेर स्वदेश फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप