शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ

मङ्गलबार, २६ मङ्सिर २०८०, ०६ : ३७
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । 

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन  पेसी तोकिए पनि  ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप