प्रधानमन्त्री प्रचण्ड नवलपरासी रामग्राम स्तूप आउँदै
बुटवल । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नवलपरासी आउँदै छन्।
लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागी दूरदर्शी परियोजनाको शुभारम्भको तयारी भएको छ।
उक्त परियोजना शुभारम्भ गर्नको लागि प्रधानमन्त्री आउँदै छन्। यस अघि हिजो साँझ नै संस्कृति मन्त्री सुदन किराँतले विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएका थिए।
नवलपरासी (पश्चिम) रामग्राम स्तूपमा यो परियोजनाले यो कार्यक्रमबाट थप प्रचारप्रसार र लगानी पनि वृद्धि हुने लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण