भारतको रक्सी बजारमा छिर्यो कोकाकोला

नयाँ दिल्ली । अमेरिकी पेय उत्पादक कम्पनी कोकाकोलाको भारतीय इकाईले रक्सीजन्य पेय बनाउन सुरु गरेको छ । लेमन–दोउको साथमा कम्पनीले पहिलो पटक अल्कोहल सेग्मेन्टमा हात हालेको हो ।
यो अल्कोहोलिक रेडी टू ड्रिङ्क पेय हो । कम्पनीले केही राज्यमा यो पेयको सुरुवाती परीक्षण सुरु गरेको छ । यसमा ब्रान्डी र भोड्का जस्तै खालको डिष्टिल्ड रक्सी सोजु र कागतीको मिश्रण भएको बताइएको छ ।
गोवा र महाराष्ट्र समेतका केही राज्यमा यो पेयको परीक्षण भइरहेको छ । २५० एमएलको लेमन दाउको मूल्य २३० भारु रहेको छ । नन–अल्कोहोलिक रेडी टू ड्रिङ्क पेय बनाउन भारतमा कम्पनीको छुट्टै कारखाना छ । यो पेय छुटै कारखानामा बनाएर वितरण गरिएको पनि कम्पनीले बताएको छ ।
आगामी ५ वर्षमा भारतको रक्सीजन्य पेय बजार ६४ अर्ब डलर आसपास पुग्दैछ । सन् २०२१ मा यसको आकार ५२ अर्ब ४० करोड डलर थियो । कोका–कोलाले यस अघि पनि केही अन्तर्राष्ट्रिय बजारमा रक्सीजन्य पेय बेचिरहेको छ । पछिल्लो समय कम्पनीले आफ्नो पोर्टफोलियोमा यस्ता पेयको हिस्सा बढाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना
-
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको ह्वीप
-
५२ संवैधानिक नियुक्ति : आज नवौँ दिनको सुनुवाइ
-
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर