भारतको रक्सी बजारमा छिर्यो कोकाकोला
नयाँ दिल्ली । अमेरिकी पेय उत्पादक कम्पनी कोकाकोलाको भारतीय इकाईले रक्सीजन्य पेय बनाउन सुरु गरेको छ । लेमन–दोउको साथमा कम्पनीले पहिलो पटक अल्कोहल सेग्मेन्टमा हात हालेको हो ।
यो अल्कोहोलिक रेडी टू ड्रिङ्क पेय हो । कम्पनीले केही राज्यमा यो पेयको सुरुवाती परीक्षण सुरु गरेको छ । यसमा ब्रान्डी र भोड्का जस्तै खालको डिष्टिल्ड रक्सी सोजु र कागतीको मिश्रण भएको बताइएको छ ।
गोवा र महाराष्ट्र समेतका केही राज्यमा यो पेयको परीक्षण भइरहेको छ । २५० एमएलको लेमन दाउको मूल्य २३० भारु रहेको छ । नन–अल्कोहोलिक रेडी टू ड्रिङ्क पेय बनाउन भारतमा कम्पनीको छुट्टै कारखाना छ । यो पेय छुटै कारखानामा बनाएर वितरण गरिएको पनि कम्पनीले बताएको छ ।
आगामी ५ वर्षमा भारतको रक्सीजन्य पेय बजार ६४ अर्ब डलर आसपास पुग्दैछ । सन् २०२१ मा यसको आकार ५२ अर्ब ४० करोड डलर थियो । कोका–कोलाले यस अघि पनि केही अन्तर्राष्ट्रिय बजारमा रक्सीजन्य पेय बेचिरहेको छ । पछिल्लो समय कम्पनीले आफ्नो पोर्टफोलियोमा यस्ता पेयको हिस्सा बढाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण