बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भियतनाम पुगे चिनियाँ राष्ट्रपति सी

मङ्गलबार, २६ मङ्सिर २०८०, १७ : ११
मङ्गलबार, २६ मङ्सिर २०८०

हानोई । चिनियाँ राष्ट्रपति सी जिनपिङ भियतनाम पुगेका छन् । २ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार सी त्यहाँ गएका हुन् । 

भ्रमणका क्रममा उनले समकक्षी नगुयेन फु ट्रोङसँग भेटवार्ता गरेका छन् । ट्रोङ एक वर्ष अगाडि चीनको भ्रमणमा गएका थिए । त्यतिबेला उनलाई चीनले विदेशी अति विशिष्ट पाहुनालाई दिने शीर्ष उपाधि दिएको थियो ।

अमेरिकी राष्ट्रपति भियतनाम गएको तीन महिनापछि चिनियाँ राष्ट्रपति सी भियतनाम गएका छन् । ६ वर्षयता सीको पहिलो भियतनाम भ्रमण हो । भियतनाम र चीनबिच राम्रो आर्थिक सम्बन्ध छ । तर साउथ चाइना सीको मामिलामा दुई देशबिचको सम्बन्ध केही चिसिएको छ । 

सी बाइडेनभन्दा अगाडि नै भियतनाम जाने कार्यक्रम थियो । यद्यपि ‘साझा नियति भएका समुदाय’मा संलग्नताबारे भियतनामले ढिलो घोषणा गर्दा उनको भ्रमणमा ढिलाइ भएको बताइएको छ । चीनले अधिकांश साउथ चाइना सी आफ्नो भएको दाबी गरिरहँदा भियतनाम चीनसँग चिढिएको थियो । 

सीको भियतनाम भ्रमणको क्रममा सुरक्षा, कनेक्टिभीटी, हरित ऊर्जा र संवेदनशील खनिजसम्बन्धी दर्जनौँ सम्झौता हुने आशा गरिएको छ । दक्षिण एसियामा चीनविरोधी भावना भियतनाममा सबैभन्दा धेरै भेटिन्छ ।

पछिल्लो वर्षहरूमा त्यहाँ चीन विरोधी प्रदर्शनहरू बढेका छन् । भियतनामले सीको बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) अन्तर्गतको चिनियाँ लगानी पनि लिन मानिरहेको छैन । 

तैपनि चीन भियतनामको सबैभन्दा ठुलो व्यापार साझेदार हो । दुई देशीय वार्षिक व्यापार २ अर्ब डलरमा पुग्दैछ । भियतनाममा सबैभन्दा ठुलो विदेशी प्रत्यक्ष लगानी (एफडीआई) पनि चीनकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप