आरोहण गुरुकुलमा पुस ४ गतेदेखि ‘नासो’
काठमाडौँ । काठमाडौँमा नाटक नासो मञ्चन हुने भएको छ। कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक नासो यही पुस ४ गतेदेखि मञ्चन हुने भएको हो । उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाऊँमा पुस ७ गतेसम्म मञ्चन हुनेछ ।
नासो, प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। मैनालीको बहुचर्चित कथासङ्ग्रह नासोमा सङ्गृहीत चर्चित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ। नेपाली समाजका समसामयिक विषयमाथि कटाक्ष गरिएको उक्त नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असरको दृष्टिगोचर गर्ने बताइएको छ । यो नाटकले नेपाली समाज र बालबालिकाको मनोविज्ञान नजिकबाट बुझ्नको लागि अझ सहज हुने जनाइएको छ ।
सद्भाव थिएटर( नेपालले सुरुवात गरेको ‘शिक्षाका लागि रङ्गमञ्च’ अभियानलाई निरन्तरता दिँदै कोलम्बस ईन्टरनेशनल स्कुल, मालीगाऊँको सहकार्यमा नाटक नासो यही पुसको पहिलो साता मञ्चन गर्ने भएको हो । नाटकमा नुबु शेर्पा, क्रीशा बरूवाल, सौगात कक्षपति, साइना स्याङ्तान, युक्ति थापामगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी लगायत सेजल काफ्लेको अभिनय रहनेछन् । यस नाटकको नाट्य रूपान्तरण तथा निर्देशन राम के।ए।सी।ले गरेका छन् भने सह(निर्देशन किरण चापागाईंको रहेको छ ।
४ दिनको लागि विशेष मञ्चन हुन लागेको यस नाटकको अवलोकनको लागि बुकिङ खुल्ला भई सकेको छ । इच्छुक विद्यालयहरू, कलेजहरू लगायत अन्य दर्शकहरूको लागि समेत अवलोकन गर्न खुल्ला गरिएको उक्त नाटकको टिकट दर ३ सय रुपैयाँ र ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण