वर्तमान सरकारको अर्को विकल्प देखेको छैन : हृदयश त्रिपाठी
धनुषा । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले तत्काल वर्तमान सरकारको अर्को विकल्प आफूले नदेखेको बताएका छन् ।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष त्रिपाठीले अहिलेको अवस्थामा जसको नेतृत्वमा सरकार बने पनि योभन्दा फरक गर्नसक्ने परिस्थिति नरहेको बताए ।
उनले मिश्रित निर्वाचन प्रणालीका कारण संसद्मा प्रतिनिधित्व गरेका कुनै पनि दलको बहुमत नरहेको र गठबन्धनबाट बन्ने जुनसुकै सरकारले लोकप्रिय काम गर्नसक्ला भन्नेमा आफू विश्वस्त नरहेको बताए ।
“प्रधानमन्त्री ‘प्रचण्ड’मा केही गरौँ भन्ने चाहना छ । तर विभिन्न विचार समूहका पार्टीबाट बनेको कुनै पनि गठबन्धन सरकारले चाहेअनुसार काम गर्न सक्दैन । सङ्घीयता र विकासका सवालमा धेरै राम्रो नगरे पनि उहाँले नराम्रोचाहिँ गर्नुहुन्न भन्ने लाग्छ”, त्रिपाठीले भने, “त्यसैकारण निर्वाचन प्रणाली, अधिकार सम्पन्न सङ्घीयतालगायत सवालमा संविधान संशोधन गरेर लोकतन्त्रका उपलब्धिलाई बलियो बनाउँदै लैजानुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण