रुवान्डा आप्रवासन नीतिमा बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई ठुलो राहत
काठमाडौँ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले रुवान्डा आप्रवासन नीतिमा ठुलो राहत पाएका छन् । बेलायती संसद्मा रुवान्डा आप्रवासन विधेयक पारित भएको छ । प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीका सबै सांसदहरूले सरकारको रुवान्डा आप्रवासन विधेयकको पक्षमा मतदान गरेपछि सुनकलाई ठुलो राहत मिलेको हो ।
हाउस अफ कमन्समा पार्टीका ३१३ सदस्यमध्ये २६९ जनाले विधेयकको पक्षमा मतदान गरे । तर, कन्जरभेटिभ पार्टीका ३८ सांसदहरूले भने मतदानमा भाग लिएनन् । जसमा बर्खास्त गरिएका गृहमन्त्री सुएला ब्रेभरम्यान र राजीनामा दिएका बेलायतका अध्यागमन मन्त्री रोबर्ट जेनरिक पनि छन् ।
यसअघि प्रधानमन्त्री सुनकले कन्जरभेटिभ पार्टीका सांसदहरूको समर्थन जुटाउन अभियान सुरु गरेका थिए । धेरै सांसदहरूले विधेयकको विरोध गर्ने धम्की दिएका थिए । यो विधेयकले पूर्वी अफ्रिकी देश रुवान्डामा अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने कानुनी अवरोधहरू हटाउने लक्ष्य राखेको छ ।
मंगलबार विधेयकमा प्रारम्भिक चरणको मतदान अघि प्रधानमन्त्री सुनकले कानुनी चुनौतीहरूबाट बच्न पर्याप्त नभएको महसुस गर्दै विधेयकको विरोध गरिरहेका पार्टीका दक्षिणपन्थी सदस्यहरूका लागि बिहानको खाजाको आयोजना गरे ।
प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री सुनक आफ्नै पार्टीभित्रको परीक्षामा उत्तीर्ण भएका छन् । जसले पार्टीमा उनको पकड पनि बलियो बन्दै गएको सङ्केत पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण