शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तियो

बुधबार, २७ मङ्सिर २०८०, ११ : ०५
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै सस्तिँदै १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप