शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संसदका महासचिवको राजीनामा स्वीकृत

बुधबार, २७ मङ्सिर २०८०, १३ : ५१
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार राजीनामा स्वीकृत गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

गौतमले गत मंसिर २४ गते राष्ट्रपतिलाई राजीनामा बुझाएपनि राष्ट्रपति कार्यालयले अध्ययनका लागि भन्दै होल्डमा राखेकोमा बुधबार भने स्वीकृत गरेको हो । यसैबीच सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप