सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एआई सिष्टमले हत्यारा देखाएपछि १० महिनासम्म जेलमा थुनिए रुसी वैज्ञानिक

बुधबार, २७ मङ्सिर २०८०, १५ : ४९
बुधबार, २७ मङ्सिर २०८०

मस्को । रुसी हाइड्रोलोजिष्ट अलेक्जान्देर स्भेत्कोभ सन् २०२३ को फेब्रुअरीमा पक्राउ परेका थिए । २० वर्ष अघिको हत्याको घटनामा एक प्रत्यक्षदर्शीले बनाएको हत्याराको तस्बिरसँग स्भेत्कोभको अनुहार ५५ प्रतिशत मेल खाएको एआई प्रणालीले देखायो ।

स्भेत्कोभ रसियन एकेडेमी अफ साइन्सेज इन्ष्टिच्यूट अफ इन्ल्यान्ड वाटर बायोलोजीमा वैज्ञानिक थिए । गएको १० महिनायता उनले जेलमा डरलाग्दो जीवन बाँचिरहेका थिए । फेब्रुअरीमा हवाई मार्ग भएर कामको सिलसिलामा कतै जाँदै गरेका स्भेत्कोभलाई विमानबाट निकालियो । २० वर्षअघि शृङ्खलाबद्ध हत्याको षडयन्त्र रचेको व्यक्तिको रुपमा उनको पहिचान भएको सूचित गरियो ।

स्भेत्कोभ र उनका एक जना परिचितले सन् २००२ को अगष्टमा मस्को र आसपासको क्षेत्रमा कम्तीमा २ ओटा हत्या गरेको दाबी अनुसन्धानमा संलग्न स्रोतको थियो । हत्याको समयमा स्भेत्कोभ आफूसँगै रहेको कयौँ वैज्ञानिकहरुले गवाही दिएका थिए । तर राज्यको एआईबाट चल्ने प्रणाली स्मोकिङ गनले भने २ दशकअघि प्रत्यक्षदर्शीले दिएको विवरणका आधारमा बनाएको तस्बिर र स्भेत्कोभबिच ५५ प्रतिशत मेल देखायो । स्भेत्कोभले गरेको भनिएको हत्या सन् २००२ को अगष्ट २ मा भएको थियो । झगडापछि संदिग्धले रक्सीको नसामा चूर एक पुरुषको हत्या गरेको आरोप थियो । सोही रात यिनीहरुले अपार्टमेन्ट भाडामा चाहिएको भन्दै ६४ वर्षीय महिलालाई लुटेर अर्की महिला र तीनको ९० वर्षीय आमाको हत्या गरे । यस मामिलामा स्भेत्कोभलाई सघाएका भनिएको उनका सहयोगीले हत्याको अभियोग स्वीकार गरे ।

तर उनको गवाहीमा केही समस्या थियो । घटनाको बेलामा स्भेत्कोभ आफूसँगै मस्कोमा बेघर भएर बसेको, सँगै रक्सी खाएको र दिनमै आधा प्याकेज चुरोट खाने गरेको उनले बताए । तर स्भेत्कोभ कहिले पनि बेघर भएनन् । फोक्सोमा देखिएको समस्याका कारण उनी न त चुरोट खान्थे न त कहिले रक्सी खाए । हत्या भएको बेलामा घटना घटेको ठाउँबाट सयौं किमी परको स्थानमा स्भेत्कोभ आफूसँग भएको उनका सहकर्मीहरुले बयान पनि दिए । तर अधिकारीहरुले ती बयानलाई वेवास्ता गरे  । एआईले हत्याराको तस्बिरसँग ५५ प्रतिशत मेल खाएको देखाएको भन्दै रुसी अधिकारीहरुले स्भेत्कोभलाई जेलमा कोचिदिए । महिनौंदेखि यो मामिला रुसी सञ्चार माध्यमहरुमा हेडलाइन बनिरहेको थियो । स्भेत्कोभलाई रिहा गर्न अभियान नै चल्यो । अन्ततः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्तक्षेप गरेपछि यो महिनाको सुरुमा स्भेत्कोभ रिहा भए । तर अहिलेसम्म उनीमाथिको अभियोग हटेको भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप