धनुषाको महेन्द्रनगरमा मालपोत स्थापना गर्न मेयर यादवको माग
जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा मालपोत कार्यालय स्थापना गर्न क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले माग गरेका छन् । बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पत्राचार गर्दै मेयर यादवले महेन्द्रनगरमा मालपोत कार्यालय स्थापना गर्न माग गरेका हुन् ।
उनले जिल्लाको पाँच वटा पालिकाहरुको मध्य बिन्दुमा पर्ने क्षिरेश्वरनाथ नगरपालिकाकाको केन्द्र अर्थात वडा नम्बर ५ स्थित महेन्द्रनगरमा मालपोत कार्यालय स्थापना गर्ने माग गरेका छन् ।
मेयर यादवले बुधबार मन्त्रालयलाई पत्राचार गर्दै पूर्वमा मिथिला बिहारी र धनुषाधाम नगरपालिका, पश्चिममा बटेश्वर गाउँपालिका, उत्तरमा मिथिला नगरपालिका र दक्षिणमा लक्ष्मीनिया गाउँपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज हुने महेन्द्रनगरमा मालपोत कार्यालय स्थापनाको माग गरेका हुन् ।
पत्रमा महेन्द्रनगरमा कार्यालय स्थापना भए पाँच वटा स्थानीय तहका बासिन्दाहरुलाई मालपोत सम्बन्धी कामकाजको लागि आवतजावत गर्न आर्थिक तथा समयको समेत बचत हुने उल्लेख छ । मेयरले यसअघि २०८० मंसिर ८ गतेमा सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुषालाई पनि पत्राचार गरेका थिए ।
यसअघि मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा मालपोत कार्यालय स्थापना गर्ने निर्णय भएको प्रति उनले असहमति जनाएका छन् । सो निर्णयप्रति असहमति जनाउँदै मेयर यादवले ढल्केवरमा मालपोत कार्यालय स्थापना भए क्षिरेश्वरनाथ नगरपालिकाको मालपोत सम्बन्धी कामकाज जनकपुरधामबाटै हुने व्यवस्था मिलाइदिन समेत माग गरेका छन् ।
२०७२ असोज १४ मा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरिएपनि हालसम्म मालपोत कार्यालय स्थापना भएको छैन । नापी कार्यालय स्थापना भएपनि कार्यालयबाट सेवा प्रवाह हुनसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण