धनुषाको महेन्द्रनगरमा मालपोत स्थापना गर्न मेयर यादवको माग

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा मालपोत कार्यालय स्थापना गर्न क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले माग गरेका छन् । बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पत्राचार गर्दै मेयर यादवले महेन्द्रनगरमा मालपोत कार्यालय स्थापना गर्न माग गरेका हुन् ।
उनले जिल्लाको पाँच वटा पालिकाहरुको मध्य बिन्दुमा पर्ने क्षिरेश्वरनाथ नगरपालिकाकाको केन्द्र अर्थात वडा नम्बर ५ स्थित महेन्द्रनगरमा मालपोत कार्यालय स्थापना गर्ने माग गरेका छन् ।
मेयर यादवले बुधबार मन्त्रालयलाई पत्राचार गर्दै पूर्वमा मिथिला बिहारी र धनुषाधाम नगरपालिका, पश्चिममा बटेश्वर गाउँपालिका, उत्तरमा मिथिला नगरपालिका र दक्षिणमा लक्ष्मीनिया गाउँपालिकाका बासिन्दालाई आवतजावत गर्न सहज हुने महेन्द्रनगरमा मालपोत कार्यालय स्थापनाको माग गरेका हुन् ।
पत्रमा महेन्द्रनगरमा कार्यालय स्थापना भए पाँच वटा स्थानीय तहका बासिन्दाहरुलाई मालपोत सम्बन्धी कामकाजको लागि आवतजावत गर्न आर्थिक तथा समयको समेत बचत हुने उल्लेख छ । मेयरले यसअघि २०८० मंसिर ८ गतेमा सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुषालाई पनि पत्राचार गरेका थिए ।
यसअघि मिथिला नगरपालिकाको केन्द्र ढल्केवरमा मालपोत कार्यालय स्थापना गर्ने निर्णय भएको प्रति उनले असहमति जनाएका छन् । सो निर्णयप्रति असहमति जनाउँदै मेयर यादवले ढल्केवरमा मालपोत कार्यालय स्थापना भए क्षिरेश्वरनाथ नगरपालिकाको मालपोत सम्बन्धी कामकाज जनकपुरधामबाटै हुने व्यवस्था मिलाइदिन समेत माग गरेका छन् ।
२०७२ असोज १४ मा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरिएपनि हालसम्म मालपोत कार्यालय स्थापना भएको छैन । नापी कार्यालय स्थापना भएपनि कार्यालयबाट सेवा प्रवाह हुनसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटको घटना सम्झँदै प्रचण्डले भने– छाडा भएर राजावादीहरूले माओवादीमाथि आक्रमण गर्न कोसिस गरे
-
परम्परागत सीपमा आधारित युवा सञ्जालमा नयाँ समिति चयन
-
जलाशययुक्त आयोजना छाडेर प्राधिकरणले किन दिँदैछ ‘पम्प स्टोरेज’ मा ध्यान ?
-
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
-
६ महिनापछि घर फर्किए तिङ्करवासी
-
कृषि मन्त्रीका ११ महिना, दुध किसानले अझै पाएनन् भुक्तानी