आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसँग विश्व बैंकका देशीय निर्देशकको भेट

बुधबार, २७ मङ्सिर २०८०, १८ : ५७
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्‍याएको सहयोगको सराहना गरेका थिए ।

साथै उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे । जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैङ्कबिचको सहकार्य सुदृढ रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप