युरिक एसिडको समस्या छ ? जाडोमा नखानुस् यी चीज
काठमाडौँ । शरीरमा युरिक एसिड जम्मा हुनुलाई निकै खतरनाक मानिन्छ । रगतमा युरिक एसिडको मात्रा बढ्यो भने जोर्नी दुख्ने समस्या आउँछ, मृगौलासम्बन्धी रोग, हर्ट अट्याक जस्ता प्राणघातक रोग पनि लाग्न सक्छन् ।
कयौँ पटक त युरिक एसिडले शरीरमा क्रिष्टलको रुप लिन्छ अनि बिस्तारै थुप्रिन थाल्छ । यसका कारण जोर्नी दुख्ने समस्या देखिन थाल्छ । तपाईँको शरीरमा पनि युरिक एसिडको मात्रा धेरै छ भने विशेषगरि जाडो याममा खानपानमा विशेष ख्याल राख्नुस् । प्रायः सर्दिको मौसममा खाइने केही खानेकुराले युरिक एसिडको स्तरलाई झन् बढाउन सक्छ । सर्दीमा युरिक एसिडका बिरामीले खान नहुने यी खानेकुराहरू के के हुन्, हेरौँ ।
मासु: चिसोमा शरीरलाई तातो राख्ने भन्दै मानिसहरू मासु खान मन पराउँछन् । तर रेड मिट, मिर्गौला आदिले शरीरमा युरिक एसिडको स्तर बढाउन सक्छ ।
सी फूडः केही प्रकारका सी फूडले शरीरमा युरिक एसिडको मात्रा बढाउन सक्छ । त्यसैले सी फूड खानु अघि डाक्टरसँग सोध्नु होला ।
किसमिसः खास भन्ने हो भने किसमिस स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर युरिक एसिडका बिरामीका लागि भने यसको सेवन खतरनाक साबित हुन सक्छ ।
सलगमः चिसोयाममा बजारमा टन्नै सलगम पाइन्छ । यसलाई केहीले सलाद त केहीले तरकारीको रुपमा खान्छन् । तर युरिक एसिडका बिरामीले भने यो खानु हुन्न । यसमा केही यस्तो तत्व पाइन्छ जसले युरिक एसिडको मात्रा बढाउन सक्छ ।
खजूरः खजुर कम प्युरिनयुक्त फल हो । तर यसमा फ्रुक्टोजको मात्रा भने धेरै हुन्छ । युरिक एसिडका बिरामीले खजुर खाादा रगतमा फ्रुक्टोजको मात्रा बढ्न सक्छ ।
चुकन्दर: चिसोमा चुकन्दरको सेवन निकै धेरै हुन्छ । तर यसमा युरिक एसिडको स्तर बढाउने तत्त्वहरू पाइन्छ । त्यसैले तपाईँमा युरिक एसिडको समस्या छ भने यसलाई खानु हुन्न ।
मिठाई: गुलियो धेरै पाइने खानेकुरा खाँदा शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ । मिठाईमा चिनीको मात्रा निकै धेरै हुन्छ । त्यसैले यसलाई खाएपछि युरिक एसिड बढ्न थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण