एसी मिलानसँग हारेपछि च्याम्पियन्स लिगबाट बाहिरियो न्युक्यासल

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएको छ । आफ्नो पछिल्लो खेलमा बुधबार राति इटालियन क्लब एसी मिलानसँग पराजित भएसँगै न्युक्यासल उपाधि होडबाट बाहिरिएको हो ।
एसी मिलानले न्युक्यासललाई २—१ गोलले हराएको हो । समूह ‘एफ’ अन्तर्गतको खेलमा पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा न्युक्यासल पराजित भएको थियो । खेल सुरु भएको ३३औँ मिनेटमै जोएलिन्टनले न्युक्यासललाई अग्रता दिलाएका थिए ।
सोही गोलका कारण न्युक्यासल पहिलो हाफमा अगाडि रहेको थियो । तर, खेलको दोस्रो हाफमा न्युक्यासलले लय गुमाएको थियो । त्यसैले खेलको दोस्रो हाफमा एसी मिलान दुई गोल फर्काउन सफल भएको थियो ।
खेलको ५९औँ मिनेटमा एसी मिलानका लागि क्रिस्टियन पुलिसिचले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा ६ मिनेटअघि एसी मिलानले दोस्रो गोल थपेको थियो । एसी मिलानका लागि दोस्रो गोल सामुएल चुकुएजले गरेका थिए ।
समूह ‘एफ’ मा चारवटै टोलीले ६–६ खेल खेलिसक्दा ११ अंकसहित जर्मन क्लब बोरुसिया डर्टमन्ड पहिलो र आठ अंकसहित फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) दोस्रो स्थानमा रहे । आठ अंक जोडेको एसी मिलान तेस्रो र पाँच अंक बटुलेको न्युक्यासल चौथो स्थानमा रहे । बोरुसिया डर्टमन्ड र पीएसजीले भने आफ्नो पछिल्लो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : फेरियो राजावादीको रणनीति, बन्धक बन्यो प्रतिनिधिसभा
-
जापानले बौद्धिक सम्पत्ति बढाउन एआईलाई उपयोग गर्ने
-
गाजामा २०० पत्रकार तथा मिडियाकर्मीको मृत्यु : इएफजे
-
अब हुलाक टिकटमा रायोको सागदेखि असला माछासम्म...
-
सभ्य समाज निर्माण गर्न सबै किसिमका विभेदको अन्त्य गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
यस्तो देखियो ‘जन्ते बाख्रो’को प्रिमियर (तस्बिरहरू)