कांग्रेसद्वारा शिक्षकहरूमाथि भएको दमनको निन्दा, दोषीलाई कारबाही गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसले बाराको सिम्रौनगढ नगरपालिकामा धर्नामा रहेका शिक्षकमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।
मुख्यसचिव पौडेलका अनुसार सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरूले ६ महिनादेखि पारिश्रमिक नपाएपछि दुई महिनादेखि धर्नामा थिए ।
नगरपालिकाको मुख्य द्वारमा धर्ना बसेका शिक्षकहरूमाथि बुधवार सुरक्षाकर्मीले हस्तक्षेप गर्नुका साथै गोली चलाउँदा सिम्रौनगढ नगरपालिका– १ नन्सगरा ढाटका लक्ष्मीमुखिया विनको घटनास्थलमै मृत्यु हुनका साथै केही व्यक्तिहरू घाइते भएका थिए ।
शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सुरक्षाकर्मीबाट निर्मम दमन भएको कांग्रेसले जनाएको छ । ‘उक्त घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण