सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

२५ वर्षमा रोबोटसँग होला मानवको बिहे ?

बिहीबार, २८ मङ्सिर २०८०, १४ : ५५
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । पछिल्लो केही वर्षदेखि हामीले सबैभन्दा धेरै सुनेको कुरा हो कृत्रिम बौद्धिकता अर्थात् एआईले मान्छेको जागिर खाइदिनेछ, एआई मानव सभ्यताको लागि सबैभन्दा ठूलो खतरा हो आदिइत्यादि । 

प्रविधि परिष्कृत बन्दै गइरहँदा मान्छेको लागि खतरा पनि बढ्दै गइरहेको छ । केही विश्लेषकका अनुसार भविष्यमा एआई सम्बन्धको ड्राइभिङ सिटमा पनि रहनेछ ।

यस मामिलामा पनि यन्त्रले मान्छेलाई उछिन्नेछ । यो कुरा सनसनी फैलाउन खप्पिस कुनै युट्बरले भनेको होइन । संसारका सबैभन्दा ठूला मानव वैज्ञानिक, कयौँ अन्तर्राष्ट्रिय बेस्ट सेलिङ पुस्तकका लेखक युवाल नोआ हरारीले भनेका हुन् । आफ्ना कयौँ किताबमा हरारीले भविष्यमा मान्छेले बनाएको मशिनले मान्छेलाई नोकर बनाएर राख्न सक्ने चेतावनी दिएका छन् ।

लन्डनमा सेपियन्स ल्याबमा आयोजित एउटा सम्मेलनमा हरारीले यस्तो बताएका हुन् । सम्मेलनमा विश्वभरका ठूला वैज्ञानिक पनि आएका थिए । मानव र एआई रोबोटको सोच्ने क्षमतामा अन्तर छ । 

कुनै पनि सम्बन्ध निर्वाह गर्न मान्छेले सो सम्बन्धलाई महत्त्व दिनुपर्छ । उसको दिमागमा निरन्तर केही न केही सोचाइको प्रक्रिया चलिरहेको हुन्छ । जसले गर्दा उसले बातचित वा सम्बन्धमा पूरै ध्यान दिन सक्दैन । तर एआई रोबोटलाई सोच्न मान्छेलाई जस्तो समय चाहिँदैन । उसले आफ्नो सारा ध्यान कुनै कुरालाई सही तरिकाले बताउन वा भावना व्यक्त गर्न केन्द्रित गर्न सक्छ । अर्थात् रोबोटसँग आफू अगाडि रहेको मान्छेलाई रिझाउन सक्ने क्षमता हुन्छ ।

सन् २०५० सम्ममा रोबोटको प्रेममा फस्नेछन् पुरुषहरू

स्कटिश एआई विज्ञ डेभिड लेबीले सन् २००७ मा ‘लभ एन्ड सेक्स विथ रोबोट’ शीर्षकको पुस्तक लेखेका थिए । लेवी स्वयम्ले पनि कयौँ महत्त्वपूर्ण एआई परियोजनामा काम गरिसकेका छन् । रोबोटको विकासलाई यिनले निकै नजिकबाट हेरिरहेका छन् । आगामी भविष्यमा मान्छे र रोबोटबीच सेक्सुअल वा रोमान्टिक सम्बन्ध सम्भव भएको सो पुस्तकमा लेभीले भनेका थिए । लेभीका अनुसार आगामी २५ वर्षमा मान्छे र रोबोटबिच बिहे पनि हुन थाल्नेछ ।

एआई प्रेमी प्रेमिकाको खतरा

एक्लोपन विश्वमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको महामारी भएको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दिएको छ । यो समस्या कम गर्न बेलायतले केही समयअघि ‘लोनलिनेश’ मन्त्रालय नै गठन गरेको थियो । क्यालकुलेटरदेखि कम्प्युटरसम्म सबैको अस्तित्व एआईले निल्नुसम्म त ठिकै हो । तर मानवीय सम्बन्ध र प्रमेलाई समेत एआईले विस्थापित गर्न थाल्यो भने यो खतराको अर्को घण्टी हो । 

मानवीय सम्बन्ध र आपसी प्रेमलाई खुसीको सबैभन्दा ठूलो मार्कर बताउँछन् । हवार्ड विश्वविद्यालयमा सय वर्षदेखि चलिरहेको विश्वको सबैभन्दा लामो ह्याप्पीनेस स्टडीलाई ५० वर्षदेखि निगरानी गर्दै आएका प्राध्यापक रडा. रोबर्ट वेंल्डिंगर भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप