संघीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
बिहीबार संघीय संसद् सचिवालयद्वारा १७ औँ संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले संसद्को गरिमा कायम राख्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसद्को सन्दर्भमा विगतमा भएका विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरूलाई आफूले गम्भीरताका साथ लिएको बताए ।
सभामुख घिमिरेले संसद्को गरिमालाई उच्च राख्नका संघीय संसद् सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताए । उनले संसद्लाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद् सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गरे ।
सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्याउनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण