संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्छु : मन्त्री गुरुङ
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्ने आश्वसन दिएका छन् । बिहीवार संघीय संसद सचिवालयले १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका हुन् ।
उनले पहिलो र दोस्रो संविधान सभाको पालामा संसदका कर्मचारीहरु रातभर काम गर्नुपरेको कुरा स्मरण गर्दै कर्मचारीहरुको कामप्रतिको लगावप्रति आफू नतमस्तक भएको बताए ।
‘म संसदीय मामिला मन्त्री भएकै कारण पनि मेरो ध्यानाकर्षण भएको छ । संघीय संसदका कर्मचारी साथीहरुको सेवा, सुविधाका सन्दर्भमा, आजसम्म भएका अप्ठ्यारो सन्दर्भमा पूरै रुपमा मेरो ध्यानाकर्षण भएको छ’, मन्त्री गुरुङले भने, ‘म यस सन्दर्भमा मन्त्रीज्युहरुसँग बसेर छलफल गर्नेछु । र प्रधानमन्त्रीज्युसँग पनि यो कुरामा छलफल गर्नेछु ।’
संसदका कर्मचारीहरुको कमप्रतिको तदारुकता, जाँगर, परिश्रम र मेहनत अतुलनीय रहेको भन्दै मन्त्री गुरुङले उनीहरुको दुःख बुझ्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण