संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्छु : मन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्ने आश्वसन दिएका छन् । बिहीवार संघीय संसद सचिवालयले १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका हुन् ।
उनले पहिलो र दोस्रो संविधान सभाको पालामा संसदका कर्मचारीहरु रातभर काम गर्नुपरेको कुरा स्मरण गर्दै कर्मचारीहरुको कामप्रतिको लगावप्रति आफू नतमस्तक भएको बताए ।
‘म संसदीय मामिला मन्त्री भएकै कारण पनि मेरो ध्यानाकर्षण भएको छ । संघीय संसदका कर्मचारी साथीहरुको सेवा, सुविधाका सन्दर्भमा, आजसम्म भएका अप्ठ्यारो सन्दर्भमा पूरै रुपमा मेरो ध्यानाकर्षण भएको छ’, मन्त्री गुरुङले भने, ‘म यस सन्दर्भमा मन्त्रीज्युहरुसँग बसेर छलफल गर्नेछु । र प्रधानमन्त्रीज्युसँग पनि यो कुरामा छलफल गर्नेछु ।’
संसदका कर्मचारीहरुको कमप्रतिको तदारुकता, जाँगर, परिश्रम र मेहनत अतुलनीय रहेको भन्दै मन्त्री गुरुङले उनीहरुको दुःख बुझ्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह