जानकी गाउँपालिकाले सिकलसेलको निशुल्क परीक्षण गर्दै
बिहीबार, २८ मङ्सिर २०८०, १७ : ३२
कैलाली । कैलालीको जानकी गाउँपालिकाले सिकलसेल तथा थालसेमिया रोगको निशुल्क परीक्षण गर्ने भएको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै आगामी पौष २ गते सिकलसेल तथा थालसेमिया रोगको निशुल्क परीक्षण गराउने भएको हो ।
जानकी–७ गोलौरीस्थित शिव आधारभूत स्वास्थ्य सेवा केन्द्र र जानकी–९ अमरावतीस्थित आधारभूत स्वास्थय सेवा केन्द्रमा सो रोगको निशुल्क परीक्षण गराउन सकिने पालिकाले जनाएको छ ।
विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सो परीक्षण गराउन सकिने छ । सो दुई स्वास्थ्य सेवा केन्द्रबाट इच्छुक व्यक्तिले निशुल्क सिकलसेल तथा थालसेमिया रोगको परीक्षण गराउन सक्ने छन् । थारू समुदायमा बंशाणुगत रोगका रूपमा सिकलसेल एनिमिया तथा थालेसेमिया रोग नियन्त्रणका लागि स्थानीय तहले विभिन्न चेतनामुलक कार्य गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण