शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद

बिहीबार, २८ मङ्सिर २०८०, १८ : ३५
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ ।  कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।

जलेश्वर निवासी शर्मा लालबाबु राउत मन्त्रिपरिषद्मा मधेस प्रदेशको सामाजिक विकास राज्य मन्त्री पनि बनेका  थिए । यही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । 

अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो । 

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । सोही हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप