आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारमाथि यामलालको आरोप : सुर्खेत छैन भन्ने जानकारी पाएपछि बैठक बोलाउने ?

बिहीबार, २८ मङ्सिर २०८०, १९ : ३८
बिहीबार, २८ मङ्सिर २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली सरकारमाथि गम्भीर आरोप लगाएका छन् । उनले आफू सुर्खेत छैन भन्ने जानकारी पाएपछि मात्रै प्रदेश सरकारले बैठक राख्ने गरेको आरोप लगाएका हुन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्प आएको यतिका दिन बितिसक्दासमेत प्रदेश सरकारले प्रदेश सभामा रहेका दलहरूसँग कुनै छलफल समेत नगरेको उनको भनाइ छ । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘सुर्खेत रहँदासम्म कुनै पहल नगर्ने, सुर्खेत छैन भन्ने जानकारी पाएपछि बैठक बोलाउने प्रदेश सरकारलाई के भन्ने ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप