मादक पदार्थ सेवनबाट उत्तेजित बनेका व्यक्तिद्वारा ओलीमाथि अस्वाभाविक व्यवहार भयोः एमाले
काठमाडौँ । नेकपा एमालेले मादक पदार्थ सेवनबाट उत्तेजित बनेका व्यक्तिले पार्टी अध्यक्ष केपी ओलीमाथि अस्वाभाविक व्यवहार देखाएको प्रतिक्रिया दिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक वक्तव्य जारी गर्दै लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा बिहीबार मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राईले अस्वभाविक व्यवहार गरेको बताएका हुन् ।
सोही विषयमा सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको भन्दै उनले पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘अध्यक्ष केपी शर्मा ओली आज भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राई (महालक्ष्मी नपा ५ निवासी)भन्ने व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनको वक्तव्यमा भनिएको छ, ‘तथ्य नबुझी अनर्गल प्रचार नगर्न , जनमानसमा भ्रम नछर्न, सम्वन्धित सवैमा हार्दिक अपिल गर्दछु।’
घटनालगत्तै प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण