बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मादक पदार्थ सेवनबाट उत्तेजित बनेका व्यक्तिद्वारा ओलीमाथि अस्वाभाविक व्यवहार भयोः एमाले

बिहीबार, २८ मङ्सिर २०८०, २१ : ०३
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेले  मादक पदार्थ सेवनबाट उत्तेजित बनेका व्यक्तिले पार्टी अध्यक्ष केपी ओलीमाथि अस्वाभाविक व्यवहार देखाएको प्रतिक्रिया दिएको छ । 
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक वक्तव्य जारी गर्दै  लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा बिहीबार मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राईले अस्वभाविक व्यवहार गरेको बताएका हुन् । 
सोही विषयमा सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको भन्दै उनले पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । 

‘अध्यक्ष केपी शर्मा ओली आज भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राई (महालक्ष्मी नपा ५ निवासी)भन्ने  व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनको वक्तव्यमा भनिएको छ, ‘तथ्य नबुझी अनर्गल प्रचार नगर्न , जनमानसमा  भ्रम नछर्न, सम्वन्धित  सवैमा हार्दिक  अपिल गर्दछु।’ 

घटनालगत्तै प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप