नेपाल सुपर लिग : धनगढी शीर्षस्थानमा उक्लियो

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो ।
धनगढीको जितमा आफिज ओलावालेले गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो । उनले रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए ।
जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ । त्यस्तै हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अङ्क बनाएको छ । चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ ।
उक्त लिगअन्तर्गत भोलि साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द