दोस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मलेन सुरु
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबेसन) काे आयाेजनामा दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएकाे छ। हायात रेजेन्सीमा दुई दिन सम्म चल्ने सम्मेलनमा शिक्षा सम्बन्धीका विभिन्न कार्यक्रमहरू हुनेछन्।
सम्मेलनकाे कानूनमन्त्री धनराज गुरूङले उद्घाटन गरेका छन्। शिक्षा मन्त्रालयकाे सहजिकरण, काठमाडौं विश्वविद्यालय एवं ब्रिटिस काउन्सिलकाे प्राविधिक सहयाेग र समन्वयमा नेतृत्व विकास एवं शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलनकाे आयाेजना गरिएकाे अध्यक्ष डिके ढुंगानाले बताए। उक्त सम्मेलनमा कक्षा काेठामा कसरी जाने तथा नेतृत्व विकास र नीति निर्माणमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ।
सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल हुने उनको भनाइ छ। उक्त सम्मेलनमा सामुदायिक विद्यालयबाट समेत सहभागी भएका छन्।
प्याब्सनले विद्यार्थी विदेशिन राेक्नुका साथै विदेशी विद्यार्थी कसरी नेपाल ल्याउने भन्ने विषयलाई जाेड दिएको बताए। नेपाललाई शैक्षिक पर्यटनको रूपमा कसरी विकास गर्ने भन्ने विषय प्रमुख रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण