न्यायिक समिति सदस्य श्रेष्ठलाई कारबाही गर्न पोखराकी उपमेयरको माग
पोखरा । आर्थिक लेनदेनमा संलग्न आरोपी भावना श्रेष्ठमाथि कारबाही गर्न पोखरा महानगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक समेत रहेकी मन्जुदेवी गुरुङ सहितको टोलीले माग गरेको छ । शुक्रवार विज्ञप्ति जारी गरी आर्थिक लेनदेन जस्तो घृणित कार्यमा संलग्नलाई कारबाही गर्न माग गरिएको हो ।
श्रेष्ठले पोखरा २६ विजयपुर स्थित रविनकुमार श्रेष्ठ र नविनकुमार श्रेष्ठबिचको विवादमा रहेको जग्गा मिलाइदिने भन्दै रविनसँग २ लाख लिएको आरोप छ ।
गत शुक्रवार उक्त आरोप आउने वित्तिकै शनिवार उनले न्यायिक समितिको सदस्यबाट राजीनामा दिएकी छिन् ।
उनले न्यायिक समिति संयोजक मञ्जु गुरुङलाई समेत रकम दिनुपर्ने भनेर बार्गेनिङ गरेको भन्दै गुरुङ सहित समितिका सदस्य र कर्मचारीहरूले त्यस कार्यमा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । ‘समितिका संयोजक, सदस्य,सचिवालयमा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीहरु समेतलाई रकम लेनदेन कार्यमा सम्बन्धित रहेको भनी उल्लेख भएको आरोप प्रति आपत्ति प्रकट गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्तो घृणित कार्यमा संलग्न नरहेको स्पष्ट गर्दछौँ ।’
यसअघि मंसिर २७ गते पनि उनीहरूले आर्थिक लेनदेनमा संलग्नलाई तत्काल छानबिन गरी कारबाहीको माग सहित मेयरलाई निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण